Tuesday, November 30, 2021
spot_img

महाकाली नदी तर्ने क्रममा एक जना बेपत्ता

काठमाडौं, १५ साउन । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएको उनले बताएका छन ।

बेपत्ता धामीको खोजी शुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार