Thursday, October 28, 2021
spot_img

कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४ हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार