Thursday, October 28, 2021
spot_img

नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्धारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार