Monday, September 20, 2021
spot_img

ह्वात्तै बढ्यो कोरोना संक्रमित

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ को एन्टीजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन । सोमबार ३ हजार ४२१ जनामा संक्रमण देखिएकोमा आज बढेर ३ हजार ८९९ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार