Tuesday, November 30, 2021
spot_img

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दैछ ।

बैठक आज बिहान ९ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

पछिल्लो समय सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले धर्ना र आमरण अनसन जारी राखेकाले देउवाको निजी निवासमा बैठक बस्दै आएको छ।

आजको बैठक १४औं महाधिवेशन केन्द्रित रहनेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महाधिवेशन तयारीबारे मै बैठक केन्द्रित हुनेछ।

कांग्रेसले अहिलेसम्म क्रियाशील सदस्यता विवाद टुंग्याउन सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित भएको छ।

आजको छलफलको एजेण्डा वडा अधिवेशन कहिले गर्ने भन्नेबारे रहेको छ । त्यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्रायः कार्यतालिका प्रभावित बनेका छन्।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार