कोरोना संक्रमितको संख्या बढ्दै, आज कति थपिए ?

काठमाडौं, ६ साउन । बुधबार थप २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७१५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९१८ मा संक्रमण देखिएको छ भने ३ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९२० जनामा संक्रमण देखिएको छ।

कुल १२ हजार ६१६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना कोरोनाबाट मुक्त भएका छन्।

पछिल्लो समय संक्रमण बढ्दै गइरहेको ले सर्तकता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार