८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

काठमाडौं, ६ साउन । मकवानपुरमा प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ परेका छन् ।

राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका-८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार