श्रीमतीलाई प्लास्टिकमा बेरेर विश्व कीर्तिमान

एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेर विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकाको इडाहोमा बस्ने डेभिड रश नामका ती व्यत्तिले १ मिनेट २.४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकमा नाम लेखाएका हुन् ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई बढावा दिनका लागि आफूले यस्तो कदम चालेको रश बताउँछन् । रशले यस प्राविधिक शिक्षाको प्रवर्द्धन गर्ने भन्दै विभिन्न डेढ सय विश्व कीर्तिमान कायम गरिसकेका छन् ।

यसअघि उनले सन् २०१९ मा पनि उनले आफ्नी पत्नीलाई १ मिनेट ५७ सेकेण्डमा प्लास्टिक र्‍यापले बेरेर कीर्तिमान कायम गरेका थिए । यसपटक उनले उक्त समयभन्दा पनि कम अर्थात् १ मिनेट २.४४ सेकेण्डमै पत्नीलाई प्लास्टिकमा र्याप गरेर आफ्नै अघिल्लो कीर्तिमान भङ्ग गरेका हुन् ।

उनका अनुसार पत्नीलाई प्लास्टिकमा बेर्ने अभ्यास गर्नका लागि ९ रोल प्लास्टिकको र्‍यापिङ पेपर सकिएको थियो ।

एजेन्सी

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार