Sunday, September 19, 2021
spot_img

दुई मुख, दुई कान र चारवटा आँखा भएको बाच्छो

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चन्दौलीमा रहेको बरहुली गाउँमा एउटा गाईले निकै अनौठो बाच्छो जन्माएको छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार बरहुली गाउँमा दुईवटा मुख, दुईवटा कान तथा चारवटा आँखा भएको बाच्छो जन्मिएको छ ।

उक्त अनौठो बाच्छो हेर्नका लागि टाढा टाढाबाट मानिहरुको भीड लाग्ने गरेको छ । स्थानीय अरविन्द यादव नामका किसानले पालेको गाईले आइतबार उक्त बाच्छो जन्माएको हो । हालसम्म उक्त बाच्छो स्वस्थ रहेको र कुनै समस्या नदेखिएको बताइएको छ ।

स्थानीय पशु चिकित्सकहरुले गाईको गर्भमा भ्रुण विकसित हुने क्रममा भएको विकारका कारण यस्तो बाच्छो जन्मिएको बताएका छन् ।

एजेन्सी

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार