९ असार २०७८, बुधबार

बाँकेमा १२ घण्टाको अवधिमा १२ जनाको मृत्यु

काठमाडौं । बाँकेमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ६, बाँकेका ५ र रुकुम पूर्वका १ जनाको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु सोमबार अपराह्न चार बजेदेखि मंगलबार बिहान ४ बजेभित्र भएको हो ।जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पुर्वका छन् ।

सोमबार २४ घण्टाको अवधिमा देशभर १३९ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

१२ घण्टामा कोरोनाबाट मृत्युहुनेहरूको विवरण

१) वर्ष ५३, पुरुष (सिस्ने गापा ३ रुकुम पूर्व)

पीसीआर : २०७८/१/२६, भेरी

भर्ना : २०७८/१/२६, भेरी

मृत्यु : २०७८/१/२७ गते २०:०० बजे

२) वर्ष ५२, पुरुष (खजुरा गापा ३ बाँके)

पीसीआर : २०७८/१/११, भेरी

भर्ना : २०७८/१/१८, भेरी

मृत्यु : २०७८/१/२८ गते ०४:०० बजे

३) वर्ष ८८, पुरुष (खजुरा गापा २ बाँके)

पीसीआर : २०७८/१/२६, एन्टिजेन खजुरा

भर्ना : २०७८/१/२६ होम आइसोलेसन

मृत्यु : २०७८/१/२७ गते २३:१० बजे

४) वर्ष ४५, महिला (जानकी गापा ४ बाँके)

पीसीआर: २०७८/१/२५, भेरी

भर्ना : २०७८/१/२७, भेरी

मृत्यु : २०७८/१/२८ गते ०४:०० बजे

५) वर्ष ६२, पुरुष (कोहलपुर नपा ८ बाँके)

पीसीआर : २०७८/१/२७, नेपालगञ्ज मेडिकल कलेज

भर्ना : २०७८/१/२७, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर

मृत्यु : २०७८/१/२७ गते १९: १५ बजे

६) वर्ष ६८, पुरुष (नेपालगन्ज १० बाँके)

पीसीआर: २०७८/१/२५, भेरी

भर्ना : २०७८/१/२५, भेरी

मृत्यु : २०७८/१/२७ गते १७:४० बजे

७) वर्ष ६० पुरुष, (बाँसगढी नपा ५ बर्दिया)

पीसीआर : २०७८/१/२५, नेपालगञ्ज मेडिकल कलेज

भर्ना : २०७८/१/२५, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर

मृत्यु : २०७८/१/२७ गते २२:०० बजे

८) वर्ष ७३, पुरुष (बाँसगढी नपा ९ बर्दिया)

पीसीआर: २०७८/१/२२, भेरी

भर्ना : २०७८/१/२१, भेरी

मृत्यु : २०७८/१/२७ गते १६:३० बजे

९) वर्ष २१, पुरुष (गुलरिया नपा ६ बर्दिया)

पीसीआर: २०७८/१/१७, बर्दिया

भर्ना : २०७८/१/२५, भेरी

मृत्यु : २०७८/१/२७ गते १८:०० बजे

१०) वर्ष ७८, महिला (बढैयाताल ३ बर्दिया)

पीसीआर: २०७८/१/२३, सोरहवा

भर्ना : २०७८/१/२४ भेरी

मृत्यु : २०७८/१/२८ गते ०५:३० बजे

११) वर्ष ८५, पुरुष (बढैयाताल १ बर्दिया)

पीसीआर: २०७८/१/२३, एन्टिजेन, बर्दिया

भर्ना : २०७८/१/२७, भेरी

मृत्यु : २०७८/१/२८ गते ०४:०० बजे

१२) वर्ष ६३, महिला (बारबर्दिया ६ बर्दिया)

पीसीआर : २०७८/१/०८, भेरी

भर्ना : २०७८/१/२६, भेरी

मृत्यु : २०७८/१/२७ गते २२:०० बजे

0
Would love your thoughts, please comment.x
()
x