९ असार २०७८, बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या डर लाग्दो गरी बढ्यो

काठमाडौं, २३ वैशाख । पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ भने ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । आज थप २ हजार ७०७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

0
Would love your thoughts, please comment.x
()
x