९ असार २०७८, बुधबार

विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

काठमाडौं, २३ वैशाख । नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि एमालेका नेता प्रदीप कुमार ज्ञावलीले सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसद्को विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।

स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ । एमालेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेरदवारबारे भने निर्णय गरिसकेको छैन ।

0
Would love your thoughts, please comment.x
()
x