२४ बैशाख २०७८, शुक्रबार

माछापुच्छ्रे गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द

कास्की, २२ वैशाख । माछापुच्छ्रे गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मंगलबार एक सूचना जारी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा सङ्क्रमण तीव्रगतिमा फैलिरहेकाले गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णयानुसार गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिएका छन ।

उनका अनुसार जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशानुसार गर्ने गरी अत्यावश्यकबाहेकका सबै बन्द गरिएको हो ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन हुने बताइन्छ ।

स्वास्थ्य, सुरक्षा, विद्युत्, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द हुने गाउँपालिकाले जनाएको छ ।

0
Would love your thoughts, please comment.x
()
x