२३ बैशाख २०७८, बिहीबार

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं, २२ वैशाख । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x