२३ बैशाख २०७८, बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

काठमाडौं, २१ वैशाख ।  पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षण र ५७१ जनाको एन्टिजेन परीक्षणमा गरी थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ ।

यो संगै मृतकको संख्या ३ हजार ४ सय १७ पुगेको छ । आज थप १ हजार ७७५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

0
Would love your thoughts, please comment.x
()
x