२३ बैशाख २०७८, बिहीबार

सेयर बजारमा सामान्य सुधार

काठमाडौं, २१ वैशाख । मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । 
  
नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा आइपुगेको छ । ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

१३ मध्ये ६ वटा समूहको सूचक वृद्धि भएको छ । ९ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा २३ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा ग्रामीण विकास लघुवित्त कम्पनी परेका छन् । 

0
Would love your thoughts, please comment.x
()
x