२३ बैशाख २०७८, बिहीबार

सबै भन्दा धेरै कोरोना संक्रमित काठमाडौंमा

काठमाडौँ, २० वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

0
Would love your thoughts, please comment.x
()
x