२४ बैशाख २०७८, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी

काठमाडौं, २० वैशाख । पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षण र ५१८ जनाको एन्टिजेन परीक्षणमा गरी  थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ ।

यो संगै मृतकको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । आज थप २ हजार २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

0
Would love your thoughts, please comment.x
()
x