२३ बैशाख २०७८, बिहीबार

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको एक नेताले जानकारी दिएका छन ।

दिउँसो २ बजे सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x