२४ बैशाख २०७८, शुक्रबार

सुनचाँदीको मुल्य वृद्धि

काठमाडौं, २० वैशाख । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x