२३ बैशाख २०७८, बिहीबार

३० जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा (सूचीसहित)

काठमाडौं, २० वैशाख । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागु भएको छ ।

तीमध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ ।

यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्णरुपमा निषेधाज्ञा लागु भएको छ । बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागु भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागु हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । कास्कीमा निषेधाज्ञा भएपनि जोरबिजोर लगाइएको छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागु हुने गृहमन्त्रालयले जनाएको छ ।

बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ । सरकारले कोरोना सङ्क्रमणको सङ्ख्या काठमाडौं उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x