२४ बैशाख २०७८, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या डर लाग्दो गरि बढ्दै

काठमाडौं, १९ वैशाख । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षण र ६२३ जनाको एन्टिजेन परीक्षणमा गरी थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।
यो संगै मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको छ । 

आज थप१६ सय १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । 

0
Would love your thoughts, please comment.x
()
x