२३ बैशाख २०७८, बिहीबार

आइतबार सेयर बजारमा हरियाली

काठमाडौं, १९ वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ११ अंकमा पुगेको छ ।

केहि दिन अघिसम्म सुस्ताएको सेयर कारोबार रकम पनि आज बढेको छ । दिनभर भएका २२६ कम्पनीको ८३ हजार ४ सय ४ कारोबारबाट १ करोठड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार ७ अर्ब ३६ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ । 

0
Would love your thoughts, please comment.x
()
x