२३ बैशाख २०७८, बिहीबार

पोखरेललाई सपथ नगराउन एमालेबाहेकका ४० सांसदको माग

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरेका छन् । पोखरेललाई सपग नगराउन एमालेबाहेकका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेशसभा छ । एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसँग माग गरिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले बताएका छन ।

प्रदेश प्रमुखले विधि तथा नियम मिचेर कुनै काम नगर्ने प्रतिवद्धता जनाएको पनि उनले बताएका छन ।

0
Would love your thoughts, please comment.x
()
x