२४ बैशाख २०७८, शुक्रबार

लुम्बिनीमा शंकर पोखरेलको बहुमत गुम्यो, विमला वली माओवादी केन्द्रमा प्रवेश

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीका लागि प्रस्तावित शंकर पोखरेलको बहुमत गुमेको छ । सांसद विमला वली माओवादीमा प्रवेश गरेसँगै पोखरेलको बहुमत गुगेको हो ।

दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताएका छन ।

वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।

0
Would love your thoughts, please comment.x
()
x