२४ बैशाख २०७८, शुक्रबार

सुनको मुल्य वृद्धि, चाँदी स्थिर

काठमाडौं, १९ वैशाख । आइतबार नेपाली बजारमा सुनको मुल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x