२४ बैशाख २०७८, शुक्रबार

धादिङ अस्पतालका १० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

धादिङ, १९ वैशाख । धादिङ अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा १० जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपनि स्वास्थ्य मापदण्ड पूरा गरेर सबै सेवाहरु प्रवाह गरिरहेको बताइएको छ ।

योसँगै धादिङ अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या १३ जना पुगेको छ ।

0
Would love your thoughts, please comment.x
()
x