२३ बैशाख २०७८, बिहीबार

कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं, १८ वैशाख । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४०३ पीसीआर परीक्षण र ५६६ जनाको एन्टिजेन परीक्षणमा गरी थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
यो संगै मृतकको संख्या ३ हजार २ सय ९८ पुगेको छ । 

आज थप १२ सय ८७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x