२३ बैशाख २०७८, बिहीबार

काभ्रेमा पनि भोलि मध्यरातिदेखि निषेधाज्ञा

काठमाडौं, १८ वैशाख । काभ्रेमा पनि भोलि मध्यरातिदेखि निषेधाज्ञा हुने भएको छ । १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा हुने जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन काभ्रेले अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत्यावश्यक क्षेत्रलाई भने रोन नलगाइएको प्रशासन काभ्रेले सुचनामा उल्लेख गरेको छ ।

सुचनामा उल्लेख गरे अनुसार जिल्लाभित्र विकास निर्माणका काममा प्रयोग हुने सामग्रीहरु ढुवानीका लागि राति ९ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

0
Would love your thoughts, please comment.x
()
x