२३ बैशाख २०७८, बिहीबार

१५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र दुई मानव अवशेष धौलागिरि हिमालमा भेटियो

काठमाडौं, १७ वैशाख । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिएका छन ।

१५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष भेटेको नेपाली सेनाको भनाइ छ ।

0
Would love your thoughts, please comment.x
()
x