२४ बैशाख २०७८, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या डर लाग्दो गरी बढ्यो (आज कति ?)

काठमाडौं, १७ वैशाख । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।
यो संगै मृतकको संख्या ३ हजार २ सय ७९ पुगेको छ । 

आज थप ९ सय २८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x