२३ बैशाख २०७८, बिहीबार

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं, १७ वैशाख। गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा सपुतलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आफूलाई कोरोना संक्रमण भएको भन्दै गायक सपुतले यसबीचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सकैलाई पीसीआर गराउन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला । एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।

0
Would love your thoughts, please comment.x
()
x