२४ बैशाख २०७८, शुक्रबार

सरकार गैर जिम्मेवार हुँदा अहिले निषेधाज्ञा गर्नुपर्ने अवस्था आयो : देउवा

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाले अहिले सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका छन् । देउवाले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका हुन् ।

उनले माओवादी र कांग्रेसको मात्र गणपुरक संख्या नपुग्ने र जसपाले ओली सरकारलाई साथ दिने अवस्था भएकाले अहिले सरकारको विकल्पमा जाने अवस्था नभएको बताएका छन ।

तर, यो विषयमा छलफल भइरहेको उनको भनाइ छ । जसपाले नयाँ सरकार गठन गर्ने सहमति गरेको अवस्थामा यो सरकार ढल्ने र अर्को सरकार बनाउने उनले बताएका छन ।

अहिले कोरोना संक्रमण दर बढिरहेको बेलामा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देउवाले बताएका छन् । उनले कोरोना संक्रमणको यो संकटमा सरकार गम्भीर भएर नलागेको बताएका छन । उनले कांग्रेसले जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने पनि जनाकारी दिएका छन ।

सरकार गैर जिम्मेवार हुँदा अहिले निषेधाज्ञा तथा लकडाउन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । उनले निषेधाज्ञा गर्ने भनेर लाखौं नागरिकलाई दुःख दिएको बताएका छन ।

अहिले धेरै कम मानिसमा कोरोना परीक्षण गर्दापनि धेरै मात्रामा संक्रमण देखिएको भन्दै तत्काल कन्ट्याक ट्रेसिङ गरेर आमरुपमा नागरिकको स्वास्थ्य परीक्षण गर्न माग गरेको छ ।

0
Would love your thoughts, please comment.x
()
x