२४ बैशाख २०७८, शुक्रबार

पार्टीको निर्णयविरुद्ध महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं, १७ वैशाख । पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध ठाकुर निर्वाचन अयोगमा पुगेका हुन् ।

२०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको जानकारी पत्रमा ठाकुरले उल्लेख गरेका छन् ।

पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भन्दै यसलाई ठाकुरले अवैध र गैरकानुनी भएको बताएका छन् ।

‘सो अवैध एवं गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ पत्रमा भनिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x