२४ बैशाख २०७८, शुक्रबार

झण्डै ५ हजार जनामा संक्रमण पुष्टि, थप ३५ जनाको मृत्यु

काठमाडौं, १६ वैशाख । पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जना कोरोना भाइरस (कोभिड—१९) का विरामि थपिएका छन । १२ हजार ५ सय ९७ जनाको पिसिआर र ९ सय ६३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो । 

देशभर थप ८ सय ८८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । हाल सम्म निको भएर डिस्चार्ज हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ जना रहेका छन ।  निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ३५ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ । 
हाल देशभर ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन ।  

0
Would love your thoughts, please comment.x
()
x