२३ बैशाख २०७८, बिहीबार

पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, १६ वैशाख । पछिल्लो १४ घण्टामा बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बुधबार राति ८ः५५ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ८ जनाको मृत्यु भएको थियो ।

बिहीबार बिहान पुनः आधा घण्टाको फरकमा थप दुई जनाको मृत्यु भएसँगै पछिल्लो १४ घण्टामा कोरोना संक्रमणबाट बाँकेमा १० जनाको मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताएका छन । महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो भने त्यसको दुई उनलाई अस्पताल भर्ना गरिएको थियो ।

0
Would love your thoughts, please comment.x
()
x