२३ बैशाख २०७८, बिहीबार

भारतमा एकै दिन पौने चार लाख बढीमा संक्रमण

एजेन्सी, १६ वैशाख । पछिल्लो समय कोरोना कहरले सबैभन्दा बढी प्रभावित भारतमा एकैदिन झण्डै पौन चार लाख बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा तीन लाख ७९ हजार १६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यो हालसम्मकै उच्च तथ्यांक हो ।

कोरोना भ्याक्सिन अभियान चलिरहेकै बेला पनि संक्रमण र मृत्यु दर बढ्दा भारतमा भयावह स्थिति अझै केही समय रहने केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसका साथै भारतमा कोरोना संक्रमित निको हुने दर पनि बढेको छ । खोप अभियानका कारण पछिल्लो केही दिनयता संक्रमितहरु निको हुने दर पनि बढेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई लाख ७० हजार जना कोरोना संक्रमित निको भएका छन् ।

यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या एक करोड ५० लाख ७८ हजार नाघेको छ ।

यसअघि मंगलबार दुई लाख ६२ हजारले कोरोना जितेका थिए । समग्रमा कोरोना संक्रमणपछि निको हुने दरमा १.८ प्रतिशतले बृद्धि भएको छ ।

0
Would love your thoughts, please comment.x
()
x