२३ बैशाख २०७८, बिहीबार

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, सबै भन्दा धेरै काठमाडौंमा

काठमाडौं, १५ वैशाख । आज देशभर थप ४ हजार ८ सय ९७ जना कोराना संक्रमितका विरामी थपिएका छन । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ७९ जनाको पिसिआर र ९ सय ५५ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा थप ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । 

हाल देशभर संक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ रहेको छ । आज थप ७ सय ७३ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन । कोरोना निको हुने दर ९८.३ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा भक्तपुरमा २ सय ३२ जना, ललितपुरमा ३ सय ५१ जना र काठमाडौंमा १ हजार ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

0
Would love your thoughts, please comment.x
()
x