२४ बैशाख २०७८, शुक्रबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, १५ वैशाख । मंगलबार उच्च अंकले बढ्ेको सेयर बजार आज बुधबार भने घटेको छ ।  बुधबार नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलव २८ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेको छ । केही दिन यता लगातार बढिरहेका दुई कम्पनीहरु महिला लघुवित्त वित्तीय संस्था र विशाल बजार कम्पनीको सेयर मूल्य बुधबार पनि उच्च अंकले बढेको छ ।

महिला लघुवित्तको आईपीओ सूचीकृत भएसँगै शुरु भएको बढ्ने क्रम अझै जारी छ । बुधबार महिला लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८ सय ४१ रुपैयाँ पुगेको छ । विशाल बजारको पनि ९ दशमलव ९९ प्रतिशतले नै बढेर प्रतिकित्ता ४ हजार ६ सय ३६ रुपैयाँ पुगेको छ ।
बुधबार ३ अर्ब ९९ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x