२३ बैशाख २०७८, बिहीबार

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं, १५ वैशाख । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद बिस्तार र पुनर्गठन गर्न लागेका छन् । त्यसका लागि आन्तरिक तयारी भइरहेको छ ।

पार्टी शीर्ष नेतृत्वसँग परामर्श गरेपछि आजै साँझसम्म नयाँ मन्त्रीहरुको सपथग्रहण गारउने तयारीमा मुख्यमन्त्री पौडेल छन् ।

तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीनजना मन्त्री छन् । अब चार मन्त्री थपिने छन् । केही राज्यमन्त्री हुनेछन् ।

एमाले प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल लगायतका नेताहरु माधव नेपाल पक्षका नेताहरुलाई सरकारमा सहभागी गराउने प्रयासमा छन् । माधव पक्षले भने केन्द्रमै पार्टी नमिलेसम्म प्रदेशमा मिल्न नसकिने बताएका छन् ।

मन्त्री र राज्यमन्त्रीमा नुवाकोटका केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामा, दोलखाकी सरस्वती बस्नेत, धादिङका रामकुमार अधिकारी, चितवनका कृष्ण भुर्तेल, विजय सुवेदी, सिन्दुलीका प्रदीप कटुवाल, ललितपुरका ज्ञानेन्द्र शाक्य, काठमाडौंका अजय क्रान्ति शाक्य लगायतको नाममा छलफल भइरहेको छ ।

0
Would love your thoughts, please comment.x
()
x