२३ बैशाख २०७८, बिहीबार

मंगलबार संक्रमितको संख्या ह्वात्तै बढ्यो , थप १८ जनाको मृत्यु

काठमाडौं, १४ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५ सय २४ जना कोरोना संक्रमितका विरामी थपिएका छन । १४ हजार ६ सय ७२ जनाको पिसिआर परिक्षण र १ हजार ९ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ४ हजार ५ सय २४ जनामा संक्रमण देखिएको हो । 

हाल देशभर २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन । 
अहिले सम्म कोराना संक्रमित भई कुल २ लाख ७८ हजार ५ सय ६ जना निको भएर घर फर्केका छन । निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।

 पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएका छन । हाल सम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ पुगकेो छ । 

0
Would love your thoughts, please comment.x
()
x