Sunday, September 19, 2021
spot_img

सोमबार पनि नेप्से परिसुचक ओरालो

काठमाडौं, १३ वैशाख । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन उच्च अंकले घटेको छ । 

सोमबार बजार ६५.५८ अंक (२.५५ प्रतिशत) ले घटेको छ । सोमबार बजार २५०६.६२ अंकमा झरेर बन्द भएको छ । बजारको सुरुवाती चरणमा राताम्मे भएको बजार एक घण्टापछि बढ्ने संकेत देखिएको थियो । तर, त्यसपछि भने कुनै पनि समय बजार सुधार हुन सकेन । बजार करेक्सन भए पनि आइतबार र सोमबार दुवै दिन कारोबार रकम भने ६ अर्ब भन्दा माथी नै रहेको छ । 

सोमबार कुल ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता सेयर किनबेच भएको छ । यसका लागि कुल २२० कम्पनीको ८६ हजार ९२ पटक कारोबार भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार