Sunday, September 19, 2021
spot_img

भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय

काठमाडौं, १३ वैशाख । बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अफिसर, ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

आइतबारै मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले स्थलगत निरीक्षण गरेर बाँकेको अवस्थाबारे मन्त्रालयमा जानकारी गराएका थिए । त्यसपछि थप स्वास्थ्यकर्मी पठाउने निर्णय भएको श्रेष्ठले बताएका छन ।

उनका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने निर्णय भएको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार