२४ बैशाख २०७८, शुक्रबार

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ ।

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने बैठकमा सहभागी एक जिल्ला अधिकारीले जानकारी दिएका छन ।

“कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि चेन ब्रेक गर्न निषेधाज्ञा जारी गर्ने निर्णयमा पुगेका हौँ,” उनले भने,“अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम रहनेछ ।”

0
Would love your thoughts, please comment.x
()
x