२३ बैशाख २०७८, बिहीबार

काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरिएको छ ।

आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको निर्णय गर्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन ।

यसअघि हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीसीएमसी) को बैठकले सरकारलाई लकडाउन गर्न सिफारिस गरेको थियो ।

काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पटमा बनेको सीसीएसीको ठहर छ ।

पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी सीसीएमसीले गरेको हो ।

0
Would love your thoughts, please comment.x
()
x