२३ बैशाख २०७८, बिहीबार

कोरोना संक्रमणबाट एकैदिन २८ जनाको मृत्यु

काठमाडौं, १२ वैशाख पछिल्लो २४ घण्टामा थप २८ जनाका मृत्यु भएको छ भने ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । तर आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको छ ।

0
Would love your thoughts, please comment.x
()
x