२४ बैशाख २०७८, शुक्रबार

पत्रकार गिरफ्तारको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौंं, १२ वैशाख । नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्कका पत्रकारको गिरफ्तार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भन्ने आदेश दिइसकेको अवस्थामा पनि प्रहरीले आइतबार उज्यालो अनलाइनको अनामनगरस्थित कार्यालयमा पुगेर २ अनिश र दुर्गालाललाई गिरफ्तार गरेको थियो ।

यस्तो अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यवस्था माथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।

‘पाटन उच्च अदालतले शुक्रबार ‘समाचारको विषयमा टुंगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउनु’ भनि पत्रकार तामाङ सहितका निवेदकको मुद्दामा आदेश दिइसकेको छ । साथै अनलाइनमा प्रकाशित समाचारको विषयमा प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको छ । यस्तो अवस्थामा अनामनगरस्थित कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन, संवैधानिक व्यस्थामाथिकै ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । त्यतिमात्र होइन, यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रस्ट पारेको छ ।’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

176869829_3822954131157034_5894936341354869689_n.jpg
0
Would love your thoughts, please comment.x
()
x