Sunday, September 19, 2021
spot_img

ह्वात्तै बढ्यो संक्रमितको संख्या, ३१ सय बढीमा संक्रमण पुष्टि

काठमाडौं, १२ वैशाख । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ९२ जनाको पिसिआर र ७ सय ८६ जनाको एन्टीजेन प्रविधिबाट परिक्षण गर्दा ३ हजार १ सय २२ जनामा संक्रमण पुुष्टि भएको हो । 

अहिले देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन । 
पछिल्लो २४ घण्टामा थप ४ सय ५० जना कोरोना निको भएर डिस्चार्ज भएका छन । निको हुने दर ९२.५ प्रतिशत रहेको छ ।

आज काठमाडौंमा १ हजार १ सय ३२ जना, भक्तपुरमा ९६ जना र ललितपुर जिल्लामा २७० जनामा कोरोना संक्रमण देखिएको छ ।  

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार