२३ बैशाख २०७८, बिहीबार

भारतमा एकैदिन साढे तीन लाख संक्रमित फेला

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्याले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

भारतमा आज झण्डै साढे तीन लाख मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ४९ हजरा ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि शनिबार वैशाख ११ मा भारतमा ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो ।

कोरोना संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको कुल संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या पनि अहिलेसम्मकै उच्च हो । जसअनुसार भातरमा मृत्यु हुनेको कुल संख्या १ लाख ९२ हजार ३१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ रहेको वर्ल्डोमिटरले जनाएको छ ।

0
Would love your thoughts, please comment.x
()
x