Sunday, September 19, 2021
spot_img

कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, थप १४ जनाको मृत्यु

काठमाडौं, ११ वैशाख । पछिल्लो २५ घण्टामा देशभरबाट थप २ हजार ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । ७ हजार ५ सय २५ जनाको पिसिआर र १ हजार १ सय ४३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा २ हजार ६ सय १८ जनामा संक्रमण देखिएको हो ।

देशभर थप ३ सय ६८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन यो संगै कोरोना मुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ जना पुगेको छ । नेपालमा हाल सम्म २ लाख ९७ हजार ८७ जना संक्रमित भएका छन । 

पछिल्लो २४ घण्टामा थप १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट हाल सम्म ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ । 

हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित छन । निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार